विचार आफ्नो आफ्नो, सबैजना सहमत हुनैपर्छ भन्ने छैन, तर शिक्षक आन्दोलनका सम्बन्धमा मेरो धारणा यसप्रकार छ ।
१. आन्दोलन गर्नु कसैको रहर हुँदैन, बाध्यात्मक परिस्थितिको उपज हुन्छ ।
२. आफुले गर्ने / गरेको आन्दोलन जायज, अरुको आन्दोलन नाजायज भन्नु कुतर्क बाहेक केहि हैन ।
३. राजनीतिक दलहरूले कहिले शसस्त्र आन्दोलन, कहिले सडक आन्दोलन, कहिले चक्काजाम, कहिले आमहडताल गर्दा पनि विद्यार्थीको पठनपाठनमा प्रभाव त परेकै थियो, त्यो बेलाको आन्दोलन कानुन विपरित भएन? अहिले शिक्षकले आन्दोलन गर्दा चाहिं कानुन विपरित भयो?
४. आन्दोलनका नाममा जहाज अपहरण गर्ने, बैंक लुट्ने, जबर्जस्ति चन्दा असुली गर्ने, फरक आस्था राखेकै आधारमा निहत्था व्यक्तिको बिभत्स हत्या गर्ने कार्य चाहिँ शान्तिपूर्ण?? अनि शिक्षकको आन्दोलन कुन कोणबाट अनुचित देखियो?
५. पार्टीको झोले भएकै आधारमा शिक्षकको बिरोध गर्ने हैसियत कहाँबाट प्राप्त भयो? शिक्षकको कुनचाहिँ माग अनुचित छ? याद राख! तिम्रा पार्टीका घोषणापत्रमा ह्रस्व दीर्घ मिलाईदिने पनि शिक्षकनै थिए!
६. विद्यार्थीको पढाईको चिन्ता तिमिहरूलाई भन्दा बढि शिक्षकलाई छ, शिक्षकका पनि बालबच्चा छन्, उनिहरूका बच्चा पनि सरकारी स्कुलमै पढ्छन् । (बोर्डिङमा बच्चा पठाउनेले त कमेन्ट गरेर कुतर्क गर्ने कुचेस्टा पनि नगरे हुन्छ ।) सरकारी ढुकुटीबाट तलबभत्ता खाने शिक्षक, कर्मचारी, जनप्रतिनिधि, डाक्टर, इन्जिनियर, सामाजिक सुरक्षा भत्तावाला सबै सबैले आफ्ना सन्तती सरकारी स्कुलमा नै पढाउनुपर्छ भन्ने नियम बनाउन तिमिलाई कसले रोक्यो?
७. डिग्री होल्डरहरू खाडीमा काम गरेका पनि छन् । उनिहरूले त झन् शिक्षक आन्दोलनको सपोर्ट गर्नुपर्ने हो, शिक्षण पेशामा भविष्य नदेखेरै त होला खाडीमा गएको । अब कम्तीमा पनि भावी पुस्ता खाडीमा जानु नपरोस्, खाडीमा बेल्चा चलाउनेको भन्दा नेपालमा कलम चलाउनेको इज्जत होवोस् ।
८. अन्याय सहनु हुँदैन भनेर सिकाउने शिक्षकहरू आफैंमाथी परेको अन्याय चाहिं सहेर बसुन्? के नानाथरी विज्ञप्ति निकालेर बस्छौ? हिम्मत छ भने आन्दोलनकारी शिक्षकलाई बर्खास्त गर अनि तिम्रा झोलेहरूलाई नियुक्त गरेको सुचना निकाल! स्थानीय तहमा अधिकार छ, कुनैपनि शिक्षकको सहयोगबिना नयाँ शिक्षक नियुक्त गर, तलबभत्ता पनि आफैं देऊ, पठनपाठन सुचारू गर, छ हैसियत? हैसियत छैन भने गुरुको इज्जत गर, तिम्रा कान बेलैमा बटारेका भए अहिले अनुशासनहीन कुतर्क गर्ने कुचेष्टा पनि गर्दैनथ्यौ!!!